वीरगन्ज :

बाल सुधार गृहका चौकीदारद्वारा कैदीसँग १० लाख ठगी

श्रेणी : BANNER

1 day
Pradeep Sah
2.2kViews
1471 Shares

बीरगन्ज,०२ साउन । बीरगन्जस्थित बाल सुधार गृहमा कार्यरत एक चौकीदारले कैदीहरूसँग १० लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलासा भएको छ। सिराहा, लहान नगरपालिका–३ निवासी २४ वर्षीय प्रमानन्द गुप्ताले कैदीहरूलाई धम्क्याउँदै र प्रभावमा पार्दै रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार गुप्ताले बाल सुधार गृहमा कैद भोगिरहेका १० जना कैदीहरूसँग जम्मा १० लाख १५ हजार ३७० रुपैयाँ विभिन्न माध्यममार्फत असुलेका थिए तीमध्ये केही रकम नगद र केही भुक्तानी एपहरूमार्फत भित्र्याइएको थियो।

बुधबार प्रमानन्द गुप्ता कैद अवधि सकिएर छुट्न लागेको सूचना पाएपछि पीडित कैदीहरूले बाल सुधार गृह प्रशासन र प्रहरीलाई घटना सार्वजनिक गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साले गुप्तालाई नियन्त्रणमा लिई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, चौकीदारले आफ्नो हैसियतको दुरुपयोग गरेर कैदीहरूसँग जबरजस्ती रकम असुलेका छन्। उनले भने, “घटनाको गम्भीरता हेर्दा सुधार गृहमा सुरक्षा तथा निगरानी प्रणाली कमजोर रहेको देखिन्छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *