वीरगन्ज :

बालेन–सुधनको अर्को निशाना उपेन्द्र र बादल

श्रेणी : BANNER

17 hours
Pradeep Sah
2.0kViews
1198 Shares

काठमाडौं,१४ चैत । भुटानी शरणार्थी काण्डमा एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र रौतहटमा १८ बर्षअगाडि माओवादीसङ्ग भिड्दा २७ जना मारिनुका साथै ५३ जना घाइते बनाइएको पुरानो प्रकरणमा जसपा अध्यक्ष उपेन्द्र यादव समातिने सम्भावना टड्कारो देखिएको छ ।

गौरीबहादुर कार्की आयोगको छानबिन प्रतिवेदनका आधारमा आज बिहान एमाले र काङ्ग्रेसका दुई ठूला नेता समातेर हौसिएको बालेन–सुदन प्रशासनले भुटानी र गौर हत्याकाण्डलाई प्राथमिकतामा राखेर कार्वाही अघि बढाउन लागेको हो । यसनिम्ति गृहमन्त्री सुधन गुरुङ्गले आज शनिवार बिदाको दिनसमेत मन्त्रालयमा बसेर फाइल मगाएको बिश्वस्त श्रोतले बतायो । गृहमन्त्री सुधन गुरुङगले आज शनिबार बिदाको दिनसमेत मन्त्रालयमा बसेर फाइल मगाएको बिश्वस्त श्रोतले बतायो ।

भुटानी काण्डमा सँलग्नताको अभियोगअन्तर्गत पूर्वमन्त्री तथा तत्कालीन एमाले सचिव टोपबहादुर रायमाझी ३ बर्षदेखि डिल्लीबजार कारागारमा छन् भने बादलका छोरा प्रतीक,उनका सल्लाहकार इन्द्रजीत राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे, शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल,सानु भण्डारी,सागर राई र सन्देश शर्मा पनि सुन्धाराको जेलमा पुर्पक्षका निम्ति थुनिएका छन् । उनीहरूलाई २०८१ बैशाख १३ गते सर्वोच्च अदालले समेत मुद्दाको अन्तिम किनारा नलाग्दासम्म थुनामुक्त नगर्न भनेको थियो ।

भदौ २४ गतेको ध्वँशका क्रममा जेलबाट निस्किएका उनीहरू पछि आफै हाजिर हुन गएका थिए । उता २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डमा मुछिएका हाल जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि समात्ने तयारी शुरु भएको बुझिएको छ ।

१० बर्ष लामो जनयुद्धबाट भर्खर शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा (माओवादी) र फोरमको कार्यक्रम एकै ठाउँमा जुध्दा उत्पन्न झडप र हिंसामा लाठी,भाटा, खुकुरी आदिबाट निर्मम प्रहार भएर २७ जना मारिएका र दर्जनौं घाइते भएका थिए । जेनजी आन्दोलनको मुखैमा गत भदौ २ गते सर्वोच्चले यसउपर अनुसन्धान अघि बढाउन परमादेश जारी गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *