वीरगन्ज :

बालेन साहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्चको अन्तरिम आदेश

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
21Views
0 Shares

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग तत्काल जरिवाना असुल नगर्न अन्तरिम आदेश दिएको छ ।

बुधबार रिटमाथि कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनीलकुमार सिन्हा र प्रकाशमान सिंह राउत संलग्न संवैधानिक इजलासले सुनुवाइ गर्दै निर्वाचन खर्च विवरण नबुझाएकोमा तत्काल जरिवाना असुल नगर्न अन्तरिम आदेश दिएको हो ।

मेयर साहले गत पुसको दोस्रो साता उनीसहित एक लाख २३ हजार ६ सय २४ जनालाई जरिवाना असुल गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गत मंसिरमा निर्वाचन सम्पन्न भएको ३० दिनभित्र आयोगमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोक्दै ६ महिनाभित्र तिर्न निर्वाचन आयोगले अल्टिमेटम दिएको थियो ।

उक्त अवधिमा जरिवाना नबुझाउने व्यक्ति अन्य निर्वाचनमा उम्मेदवार बन्न पनि अयोग्य हुने, निर्वाचित भइसकेको अवस्थामा पदमुक्तसमेत हुने निर्वाचन आयोगको निर्णय थियो । आयोगले काठमाडौंका मेयर शाहलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *