वीरगन्ज :

बालेन नेतृत्वमाथि आर्थिक निर्णयको आलोचना: विदेशी ऋण लिने प्रक्रियामा पारदर्शिता नदेखिएको पोखरेलको आरोप

श्रेणी : BANNER

2 days
Pradeep Sah
1.6kViews
1590 Shares

काठमाडौं,२४ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि वैदेशिक ऋण लिने प्रक्रियामा पारदर्शिता नदेखिएको आरोप लगाएका छन्।

पोखरेलले दिगो पूर्वाधार विकासका लागि ऋण लिनु आवश्यक भए पनि वर्तमान सरकारले स्पष्ट नीति, योजना र प्राथमिकता सार्वजनिक नगरी ऋण लिइरहेको भन्दै आपत्ति जनाएका छन्।

उनले विगतमा विदेशी ऋणको विरोध गर्नेहरू नै अहिले सत्तामा पुगेर ठूलो मात्रामा ऋण लिइरहेको भन्दै प्रश्न उठाए। “हिजो विरोध किन, आज स्वीकार किन?” भन्ने प्रश्नमार्फत उनले सरकारको नीतिमा असंगति देखिएको टिप्पणी गरेका छन्।

महासचिव पोखरेलले ऋणको उपयोगिता, प्राथमिकता र प्रभावबारे संसद् तथा जनतालाई स्पष्ट जानकारी दिन सरकारलाई आग्रह गरेका छन्। पारदर्शिता र जवाफदेहिता बिना ऋण बढाउँदै जाँदा दीर्घकालीन रूपमा देशलाई असर पर्न सक्ने चेतावनी पनि उनले दिएका छन्।

उनका अनुसार सरकार जनताप्रति उत्तरदायी बन्नु र आर्थिक निर्णयहरूमा स्पष्टता दिनु अहिलेको मुख्य आवश्यकता हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *