वीरगन्ज :

बालिका बलात्कार अभियोगमा व्यवसायी चटौतलाई १८ वर्ष कैद सजाय

श्रेणी : BANNER

2 years
birgunj report
78Views
0 Shares

काठमाडौं । आफैँले संरक्षण दिएकी बालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यवसायी सुशील चटौतलाई जिल्ला अदालत ललितपुरले १८ वर्ष एक महिना कैद सजाय हुने फैसला गरेको छ । चटौतलाई सोमबार जिल्ला अदालतकी न्यायाधीश सीता अधिकारीको इजलासले सजाय निर्धारण गरेको हो ।

व्यवसायी चटौतमाथि आफैँले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो । जिल्ला अदालतले १५ चैतमा उनलाई उक्त कसुरमा दोषी ठहर गरेको थियो ।

अदालतले पीडितलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । त्यस्तै पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गराउन पनि आदेश भएको छ ।

मुलुकी अपराध संहितामा १० वर्षभन्दा माथि तर १४ वर्ष भन्दा कम उमेरकी नाबालिगमाथि बालत्कार गर्नेलाई १९ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै सोही संहितामा कसैले आफ्नो संरक्षणमा रहेको व्यक्तिसँग करणी गरेमा तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *