श्रेणी : प्रदेश
1.7kViews
1697
Shares
काठमाडौं, ०८ पुस । भक्तपुरमा शंकास्पद रुपमा बुबा-छोराको शव फेला परेको छ।
भक्तपुरको बालकोटस्थित एक कोठामा चाबी लगाएको अवस्थामा खोटाङका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्। उनीहरूसँगै कुलप्रसाद अर्का एक छोरा पनि बस्दै आएका थिए। उनी भने बेपत्ता छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्त ढुन्डिराज न्यौपानेका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थाई घर भएका ती उनीहरू कोठा भाडामा लिएर भक्तपुरमा बस्दै आएका थिए ।
उनीहरूको शरीरमा चोट देखिएकाले घटना शंकास्पद रहेको र यस बारेमा अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
कोठाभित्रै चाबी लगाएको अवस्थामा आज साेमबार बिहान उनीहरुको शव फेला परेको हो ।
प्रतिक्रिया