वीरगन्ज :

बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा

श्रेणी : खेलकुद

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटक पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन्  र खेल गोलरहित बराबरीमा टुंगियो ।

ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ । दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *