श्रेणी : BANNER
वीरगंज । आम आदमी पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले भ्रष्ट अर्थ नीतिले मुलुक अफ्ठेरोमा पर्दै गएको बताएका छन ।
आम आदमी पार्टीद्वारा शुक्रबार जनकपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले लाचार र शोषित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको बताए ।
वैशाख १० गते हुनलागेको उपनिर्वाचनमा बारा-२ मा आफ्नो पार्टीको उम्मेदवार विजयी हुने उनले दावी पनि गरे । उनले भने, “बारा जिल्ला एउटा ऐतिहासिक जिल्ला हो । यहाँका जनताले आम नागरिक, कृषक, मजदुर र गरिबको आवाज उठाउने आम जनता पार्टीका उम्मेदवारलाई जिताउँछन् ।”
कार्यक्रमलाई आम आदमी पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री बद्रि न्यौपाने, उपमहासचिव एवम् पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाह लगायतले सम्बोधन गरेका थिए । भेला पछि पार्टीले जनकपुरमा ७५ सदस्यीय कमिटी पनि गठन गरेको छ । कालिका टाईम्स
प्रतिक्रिया