वीरगन्ज :

बारा हुलाक कार्यालयमा ५ करोडभन्दा बढीको भ्रष्टाचार पाँच जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.6kViews
1074 Shares

बीरगन्ज,३० वैशाख । बारा जिल्लाको हुलाक कार्यालयमा कार्यरत पाँच जना कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढी सरकारी रकम हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि मुद्दा दायर गरिएको हो। आरोपितहरूमा हाल कार्यालय प्रमुख रहेका नायब सुब्बा बलीराम प्रसाद कुर्मीसहित पाँचजना तत्कालीन कर्मचारी छन्।

आयोगले दायर गरेको आरोपपत्रअनुसार, कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएको र यस अवधिमा सर्वसाधारणबाट संकलित बचत रकम कुनै आधिकारिक रजिस्टरमा नचढाई लेजर बुक र पासबुकमा मात्र देखाएर दुरुपयोग गरेको खुलासा भएको छ।

कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेर रकम आन्तरिक मिलेमतोका आधारमा बाँडफाँड गरेको तथा जम्मा ५ करोड ३५ लाख ६६ हजार २७९ रुपैयाँ ३३ पैसा अपचलन भएको उल्लेख छ।

अन्य अभियुक्तहरूमा जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह रहेका छन्।

उनीहरूलाई सरकारी रकमको लेखाजोखा नगरेको, नगद रजिस्टर तथा केन्द्रीय कार्यालयमा विवरण नपठाएको, र रकम संकलन भए/नभएको छानबिन नगरी दुरुपयोगमा संलग्न रहेको आरोप लगाइएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दायर मुद्दामा आरोपितहरूविरुद्ध बिगो बराबर कैद र जरिवानाको माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *