
श्रेणी : BANNER
25Views
0
Shares
बारा । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । २० जना भन्दा बढी गम्भीर घाइते छन् । नारायणगढबाट पथलैयातर्फ आउँदै गरेको ०६–००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ ।
प्रहरीले १५ जनाको मृत्यु भएको जानकारी दिएको छ । मृत्यु हुनेमा ९ पुरुष र ६ महिला छन् । मकवानपुरका एसपी वामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

प्रतिक्रिया