वीरगन्ज :

बारा प्रहरीले ३० लाखभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा

श्रेणी : अर्थ

12 hours
Pradeep Sah
2.2kViews
1594 Shares

बीरगन्ज,११ पुस । बारा प्रहरीले बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर चोकमा चेकजाँचको क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो।

बीरगन्जबाठ काठमाडौंतर्फ गइरहेको ना ४ ख ३९८४ नम्बरको मालबाहक ट्रकमा ३० लाख ६७ हजार ७९६ रुपैयाँ बराबरको खुद्रा सामान र कपडाहरू लोड गरिएको फेला परेको थियो। प्रहरीका अनुसार ट्रकमा उल्लेखित बिल बिजकभन्दा बढीको सामान रहेको पुष्टि भएको छ।

प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार ट्रक र सामानलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *