वीरगन्ज :

बारा प्रहरीले एक करोड भन्दा बढीकाे अबैध प्याज भन्सार बुझायाे

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.2kViews
1835 Shares

वीरगंज । बारा प्रहरीले एक कराेड भन्दा बढी मुल्य बराबरकाे अवैध प्याज नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत असोजदेखि हालसम्ममा भन्सार छलीका १ करोड १ लाख ५८ हजार ७ सय रूपैया मुल्य बाराबरको अबैध प्याज नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज र राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको हाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रही नायब उपरिक्षक दधिराम न्याैपानेका अनुसार प्रहरी चाैकी पथलैयाले विभिन्न मितिमा ९६ लाख ६२ हजार ९ सय मुल्य बराबरकाे अवैध प्याज नियन्त्रणमा लिएकाे थियाे ।

त्यसैगरी इलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर २६ गते २ लाख ३७ हजार ५ सय र इलाका प्रहरी कार्यालय जितपुरले पुस ५ र ७ गते नियन्त्रणमा लिएकाे २ लाख ५८ हजार ३ सय मुल्य बराबरकाे अवैध प्यास वीरगंज भन्सार कार्यालय र राजश्व कार्यालय पथलैयामा बुझाइएकाे हाे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *