वीरगन्ज :

बारा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

श्रेणी : अपराध

10 months
Pradeep Sah
1.7kViews
1477 Shares

बारा,१० फागुन । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका अवैध मदिरा भट्टीहरूमा कारबाही गर्दै ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिलीप कुमार थापाको कमान्डमा खटिएको टोलीले अवैध मदिरा भट्टी नष्ट गरेको हो ।

प्रहरीका अनुसार जिल्लाको महागढीमाई नगरपालिका – ३ राम टोलमा र वडा नम्बर – १०, ग्वासटोलमा रहेका घरेलु मदिरा भट्टीहरू नष्ट गरिएको छ ।सो क्रममा प्रहरीले चार लाख ८० हजार रुपैयाँ मूल्य बराबरको आठ हजार लिटर कच्चा पदार्थ र ११५ वटा प्लास्टिकका ड्रम (ठूला तथा साना) ४ वटा मदिरा उत्पादन गर्ने मेशिन समेत नष्ट गरेको छ ।

प्रहरीले अवैध मदिरा उत्पादन तथा बिक्री वितरण रोक्न नियमित कारबाही जारी राख्ने जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *