वीरगन्ज :

बारा प्रहरीद्धारा लागूऔषध गाँजासहित मोटरसाइकल बरामद

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.3kViews
1619 Shares

वीरगन्ज, २१ माघ । जिल्ला प्रहरी कार्यालय बाराले ६३ किलो लागु औषध गाँजा सहित २ मोटरसाईकल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगँज खजानी बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले बाराको सुबर्ण गाउँपालिका –३ बकतौराबाट ६३ किलो प्रतिबन्धित लागू औषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीलाई देखेर नेपालबाट भारत तर्फ जाँदै गरेको बा. प्रदेश–०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नं. को मोटरसाईकल छाडेर मोटरसाईकल चालक फरार भएपछि उक्त स्थानमा पुगेको प्रहरीले हेर्दा दुबै मोटरसाईकलमा गाँजा लोड रहेको पाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिए ।

बरामद गरिएको प्रतिबन्धित लागु औषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *