वीरगन्ज :

बारा प्रहरीद्धारा करिब २१० किलो गाँजा बरामद

श्रेणी : अपराध

9 months
Pradeep Sah
1.9kViews
1977 Shares

वीरगन्ज, १७ माघ । प्रहरीले बाराको पथलैयाबाट करिब २१० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट बुधबार राति अवैध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट खटिएको प्रहरीले अमलेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च ३२२७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा चालक गाडी छाडेर भागेका थिए ।

चालक फरार भएपश्चात गाडी तलासी गर्दा काठको बक्स पलङ्गभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *