वीरगन्ज :

बारा प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणको समय बढायो

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.1kViews
1768 Shares

वीरगन्ज,०६ चैत । बारा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको समय बढाएको छ। सेवाग्राहीको चाप अत्यधिक बढेपछि कार्यालयले बुधबारदेखि बिहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जारी गरेको सूचना अनुसार सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समय बढाइएको हो।

अब सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा कार्यालयबाट प्रवाह हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *