वीरगन्ज :

बारा : झाँक्रीकाे भरमा अस्पताल नलग्दा सर्पको टोकाइबाट एक बालकको मृत्यु

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.7kViews
1274 Shares

कलैया, ११ फागुन । शनिबार सर्पको टोकाइबाट बारामा एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका – ४ हरनैयामा सर्पले टोकेपछि आफन्तहरुले झाँक्रीकाे भर परी अस्पताल नलादा उपचार नपाएर अन्दाजी १७ वर्षिय बालकको मृत्यु भएको हो ।

मृतक बालकका बुवा आदर्श कोटवाल गाउँपालिका – ४ हरनैया बस्ने अन्दाजी ४७ वर्षिय राजेश शर्मा अहिले कावर यात्रामा निस्केका छन् । उनी घरमा नहुँदा छिमेकीहरुले अस्पताल नलैजाउ धामी झाँक्री कहाँ लैजाउ भनेपछि धामी झाँक्रीमा लैजाँदा शर्माको छोराको मृत्यु भएको एकजना स्थानीय धर्मेन्द्र ठाकुरले जानकारी दिए ।

बिस्तारै शिक्षित हुदै गएको समाजमा यस्तो घटना घट्नु दुःखद रहेको सर्प उद्दारकर्मी दिपक नेपाल बताउंछन् । उनी भन्छन्, ”हाम्रो समाजमा अहिले पनि यस्तो घटना भईरहेको छ । मैले पटक पटक आग्रह गर्ने गर्या छु सर्पले् टोक्यो भने अस्पताल लैजानु होला तर अहिले पनि समाजमा बिकृती रहेको छ । यो दुःखद कुरा हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *