वीरगन्ज :

बारामा ९ बिघामा लगाइएको गाँजा खेती प्रहरीद्वारा फडानी

श्रेणी : अपराध

5 months
Pradeep Sah
2.9kViews
1981 Shares

बीरगन्ज, २५ माघ । बारामा प्रहरीले लागू औषध गाँजाको खेती फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ। बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी र नयाँबस्तीमा पाँच बिघा जग्गामा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको छ।

प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले करिब १ लाख वटा गाँजाका बोट नष्ट गरेको छ।

त्यस्तै, निजगढ नगरपालिका वडा नम्बर १२ र १३ मा समेत चार बिघामा लगाइएको गाँजा खेती फडानी गरेर करिब ८० हजार गाँजाका बोट नष्ट गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *