
श्रेणी : अपराध
2.0kViews
1651
Shares
बीरगन्ज,०१ साउन । बारामा लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–३ मधुवनगोठका ५४ वर्षीय विरेन्द्र चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बसलाई जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा रोकि चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट ७ किलो ४७० ग्राम गाँजा बरामद गरिएको हो।
गोप्य सूचनाका आधारमा गरिएको चेकजाँचमा गाँजा लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको र लागूऔषध कारोबारसँग सम्बन्धित सम्भावित सञ्जालबारे समेत छानबिन भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया