वीरगन्ज :

बारामा ३९ लाखभन्दा बढीको अवैध सामान बरामद

श्रेणी : अपराध

3 months
Pradeep Sah
1.8kViews
1845 Shares

बीरगन्ज,३१ जेठ । बाराको विश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइट नजिकै सशस्त्र प्रहरीले भारतबाट अबैध रूपमा नेपाल ल्याइएको करीब ३९ लाख रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रोनिक सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार चोरी पैठारी गरिएको सामानमा विशेष रूपमा एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास छन्, जुन भारतबाट साइकलबाट ओसारपसार गरिँदै थियो। प्रहरी देखेपछि तस्करहरू साइकलबाहेक सम्पूर्ण सामान त्यहीँ छाडेर फरार भएको बताइएको छ।

बरामद गरिएको सामानको बजार मूल्य लगभग ३९ लाख १२ हजार रुपैयाँ रहेको अनुमान गरिएको छ। सशस्त्र प्रहरी बलले उक्त सामग्रीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको छ।

प्रहरी स्रोतका अनुसार, सीमावर्ती क्षेत्रमा तस्करीका गतिविधि बढ्दै गएकाले निगरानी कडा पारिएको छ। यस्ता अभियानलाई थप प्रभावकारी बनाउँदै तस्करहरूको गतिविधिमा रोक लगाउने रणनीति अघि सारिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *