वीरगन्ज :

बारामा हैजाविरुद्धको खोप अभियान तिव्र गतिमा दुई दिनमै करिब ८० हजारले लगाए खोप

श्रेणी : मधेस

6 days
Pradeep Sah
2.7kViews
1946 Shares

बीरगन्ज,२९ असाेज । बारा जिल्लामा हैजा रोगविरुद्धको खोप अभियान जोरदार रूपमा सञ्चालन भइरहेको छ । असोज २७ र २८ गते दुई दिनमा जिल्लाका ६ पालिकामा ७९ हजार ७ सय ९३ जनाले खोप प्राप्त गरेका छन् । अभियान जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, फेटा, विश्रामपुर, प्रसौनी र परवानीपुर गाउँपालिकाका ७५ वडामा सञ्चालित छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार, कुल ३ लाख ६५ हजार ९ सय ३१ जनसङ्ख्यालाई लक्षित अभियानले हालसम्म २२ प्रतिशत कभरेज हासिल गरेको छ ।

खोप वितरणको पालिकागत प्रगति हेर्दा, जीतपुरसिमरामा १ लाख २७ हजार ९ सय ५६ मध्ये ३९ हजार ५ सय २५ जनाले, कलैयामा १ लाख ३६ हजार ४ सय ३२ मध्ये २३ हजार १० जनाले, फेटामा २८ हजार ६३ मध्ये ४ हजार ३ सय ४३ जनाले, विश्रामपुरमा २४ हजार ३ सय ५७ मध्ये ३ हजार ४ सय २२ जनाले, प्रसौनीमा २४ हजार ८ सय २० मध्ये ४ हजार ३ सय ३० जनाले र परवानीपुरमा २४ हजार ३ सय ३ मध्ये ५ हजार १ सय ६३ जनाले खोप लगाएका छन् । अभियानको पहिलो दिन मात्र १८ हजार ९ सय ६४ जनाले खोप प्राप्त गरेका थिए ।

अभियानलाई प्रभावकारी बनाउन २ सय १० खोप कार्यकर्ता, ३ सय ७९ महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ७९ स्वयंसेवक परिचालित छन् । असोज २७ गते जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साहलाई खोप लगाएर अभियानको औपचारिक सुरुवात गरिएको थियो ।

सरकारले पर्सा र बारामा हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखेर अभियान सञ्चालन गरेको हो । असोज २७ देखि कार्तिक २ गतेसम्म चल्ने अभियानमा १ वर्षमाथिका सबै उमेर समूहलाई खोप प्रदान गरिँदै छ । अभियानले बाराका बासिन्दालाई हैजाबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *