वीरगन्ज :

बारामा स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.3kViews
1517 Shares

बारा,१५ माघ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१६ पैनी टोलस्थित सडकबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी-१ का ३२ वर्षीय अनिल पटवारी थारू र वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मनवाका ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्।

प्रहरीले कलैयाबाट विराटनगर जाँदै गरेको म प्र ०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीको सिटमुनी लुकाइएको नगदसहित उनीहरूलाई गएराति पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको टोलीले उक्त रकम फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *