वीरगन्ज :

बारामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.2kViews
1691 Shares

वीरगन्ज,०४ फाल्गुन । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जना घाइते भएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित शुलभ ट्रेडर्स अगाडी सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जितपुरसिमरा–२ बस्ने उदित नारायण झा छन् । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा एलएस न्यूरो अस्पताल परवानीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जितपुरसिमरा–२ नै बस्ने १८ वर्षका उत्पल आचार्य गम्भीर घाइते छन् । उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको तथा सोही अस्पतालमा उपचार भइरहेको बारा प्रहरीका डिएसपी प्रकाश सापकोटाले बताए ।

प्रहरीले ट्रक चालक धादिङ गजुरी–६ पोखरी खोला बस्ने सन्दिप भुजेल तथा सहचालक सोही ठाउँका सुशिल थापालाई पक्राउ गरेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *