वीरगन्ज :

बारामा लागूऔषध गाँजासहित १ महिला पक्राउ

श्रेणी : अपराध

1 week
Pradeep Sah
1.9kViews
1617 Shares

कलैया,१८ भदौ । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकाबाट करिब १३८ किलो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार, विशेष सूचनाको आधारमा शुक्रबार राति साढे ७ बजेको समयमा प्रहरीले गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. २, नयका टोलस्थित ३५ वर्षीया रिता देवी यादवको घरमा छापा मारेको थियो। घर खानतलासी गर्दा खाटमुनि जुट र प्लाष्टिकको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १३८ किलो ७०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित घरधनी रिता देवी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *