वीरगन्ज :

बारामा राष्ट्रिय परिचयपत्र वितरण रोकियो

श्रेणी : मधेस

11 months
Pradeep Sah
1.9kViews
1377 Shares

बीरगन्ज, १३ चैत । बाराको जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण कार्य अस्थायी रूपमा स्थगित गरेको छ। सेवाग्राहीको अत्यधिक भिड व्यवस्थापन गर्न कठिन भएपछि प्रशासनले वैशाख २ गतेसम्मका लागि परिचयपत्र वितरण रोक्ने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मङ्गलवार जारी गरेको प्रेस विज्ञप्तिमा अत्यधिक भीडका कारण सेवा सहज बनाउन केही समयका लागि वितरण कार्य स्थगित गर्नुपरेको उल्लेख छ। “राष्ट्रिय परिचयपत्रको विवरण दर्ता तथा वितरणमा सेवाग्राहीको अत्यधिक चाप देखिएकोले व्यवस्थापन सहज बनाउन वितरण रोकिएको छ,” विज्ञप्तिमा भनिएको छ।

प्रशासनले असुविधा भोग्न बाध्य सेवाग्राहीहरू प्रति क्षमायाचनासमेत गर्दै आगामी दिनमा सेवा अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाएको छ। वैशाख २ पछि सेवा पुनः सुचारु गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *