वीरगन्ज :

बारामा बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.8kViews
1641 Shares

वीरगंज । बारामा १४ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कोल्बी नगरपालिका–८ नयाँ बस्तिका ३० वर्षीय प्रकाश कार्कीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालयले काेल्बीले जनाएकाे छ ।

पीडितलाई आरोपितले चैत ८ गते राती अपहरण गरी दुई दिनसम्म बलात्कार गरेको भन्दै बालिकाको बुबाले चैत १२ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय कोल्बीमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरिको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानको लागि चैत १२ गते जिल्ला प्रहरी कार्यालय कलैयालाई बुझाएको इलाका प्रहरी कार्यालय काेल्बीले जनाएकाे छ । आरोपित विरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानले जानकारी दिए ।

पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते जिल्ला अस्पताल कलैयामा भएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरिक्षक बिमला कुमारी कठायतले जानकारी दिइन । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *