
श्रेणी : BANNER
बारा,२२ साउन । बाराको कलैया उपमहानगरपालिका–३, गङ्गापुरमा पोखरीमा डुबेर ७ वर्षीय बालकको ज्यान गएको छ।
मृतक बालक गङ्गापुरका रामईश्वर साहका छोरा सञ्जीत साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
स्थानीय छठ पर्वका लागि निर्माण गरिएको पोखरीमा बुधबार सञ्जीत डुबेका थिए। डुबेको अवस्थामा भेटिएपछि स्थानीयले उनलाई तुरुन्त उद्धार गरी कलैयास्थित आशीर्वाद अस्पताल पुर्याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
घटनाबारे प्रहरी निरीक्षक खेम नेपालले पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
यस घटनाले सार्वजनिक स्थानमा बालबालिकाको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। स्थानीय बासिन्दाहरूले यस्तो दुर्घटना रोक्न आवश्यक सुरक्षा व्यवस्था गर्न स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताएका छन्।


प्रतिक्रिया