वीरगन्ज :

बारामा पिकअपले अटोलाई ठक्कर दिंदा १३ वर्षीय बालकको मृत्यु

श्रेणी : अपराध

12 hours
Pradeep Sah
2.9kViews
1161 Shares

बीरगन्ज,१९ वैशाख । बाराको फेटा गाउँपालिकामा पिकअप र अटोरिक्सा एकआपसमा ठोक्किँदा एक १३ वर्षीय बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

फेटा गाउँपालिका–७ गम्हरिया टोलमा बिहीबार मटिअर्वातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च १४२१ नम्बरको पिकअपले विपरित दिशाबाट आइरहेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको हो। उक्त दुर्घटनामा अटोमा सवार विश्रामपुर गाउँपालिका इटियाही निवासी सुनिल पण्डितका छोरा समर पण्डितको घटनास्थलमै मृत्यु भएको बारा प्रहरी प्रवक्ता डीएसपी विजय राज पण्डितले पुष्टि गरेका छन्।

दुर्घटनामा चितवन बसोबास गर्ने निलम हजरा र उनका छोरा आदित्य हजरा घाइते भएका छन्। उनीहरूको वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि पिकअप चालक फरार भएका छन् भने अटो चालकसहित दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ भने स्थानीयवासीले दुर्घटनास्थलमा सावधानी अपनाउन आवश्यक पूर्वाधार र ट्राफिक व्यवस्थापनमा ध्यान दिन माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *