वीरगन्ज :

बारामा दुई स्थानमा आगलागी, दुई लाख बराबरको क्षति

श्रेणी : मधेस

3 hours
Pradeep Sah
3.0kViews
1476 Shares

बीरगन्ज, १० वैशाख । बाराको दुई फरक स्थानमा भएको आगलागीका कारण करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटना मंगलबार र बुधबार जितपुर सिमरा उपमहानगरपालिका र महागढीमाई नगरपालिकामा भएको हो।

जितपुर सिमरा उपमहानगरपालिका–२३, ताजपुरस्थित एक गोठघरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक बाख्रा, एक भैँसी र एक पाडा सामान्य घाइते भएका छन्। साथै गहुँ, प्याज र लसुन जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

त्यस्तै महागढीमाई नगरपालिका–४, दहियार टोलमा पनि गोठघरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक बाख्रा, टेन्ट सामग्री र गोठ पूर्णरूपमा जलेको छ। उक्त घटनामा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

दुबै स्थानमा आगो प्रहरी चौकी परवानीपुर, गंजभवानीपुरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *