
श्रेणी : मधेस
बारा,२६ जेठ । बाराको कलैया उपमहानगरपालिका–४ स्थित अदालत नजिकै सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन सदस्य घाइते भएका छन्।
सोमबार बिहान करिब १० बजे गन्जभवानिपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१२८ प ९४५० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ पछ्याइरहेको ना.५ प. ६२९४ नम्बरको अर्को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा ना.५ प. ६२९४ नम्बरको मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१८ निवासी ४२ वर्षीय जिउ हुसेनलाई खासै चोट नलागेपनि उनकी श्रीमती ३५ वर्षीया सहारुन खातुनको टाउको र दाहिने खुट्टामा सामान्य चोट लागेको छ। उनीहरूसँगै सवार उनकी ६ वर्षीया छोरी नगमा खातुनको पेट तथा शरीरको भित्री भागमा र ४ वर्षीया छोरी सदमा खातुनको निधारमा चोट लागेको छ।
तीनै घाइतेको हाल प्रादेशिक अस्पताल, कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षकको कमान्डमा टोली खटिएको थियो।दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा ठक्कर दिने प्रदेश २–०३–०१२८ प ९४५० नम्बरको मोटरसाइकलका चालक, बारा कलैया उपमहानगरपालिका–२६ निवासी २५ वर्षीय काशीप्रसाद यादव पनि सामान्य घाइते भएका छन् र उनी पनि उपचारमा छन्।
घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया