वीरगन्ज :

बारामा ट्यांकर र पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ गम्भीर घाइते

श्रेणी : BANNER

1 week
Pradeep Sah
1.9kViews
1622 Shares

बारा,१४ माघ । बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिला र एक युवकको मृत्यु भएको छ भने एक बालिका र एक युवक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ कलैया र आदर्शकोतवालमा भएका दुर्घटनामा २ जनाको ज्यान गएको हो।

कलैया उपमहानगरपालिका-४ स्थित नेपाल बैंक अगाडि तेल बोक्ने ट्यांकर (ना ४ ख ४१८६) ले मोटरसाइकल (ना ४७ प ५९९७) लाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार रौतहट बृद्धावन नगरपालिका-३ की ४० वर्षीया बबिता ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी उनकी छोरी ११ वर्षीया मोनी ठाकुरको परवानीपुरस्थित एलएस अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्यांकर चालक फरार भएका छन्, र प्रहरी उनको खोजीमा जुटेको छ।

त्यस्तै, आदर्शकोतवाल गाउँपालिका-६ लौकाहामा पिकअप भ्यान मधेस प्रदेश ०३ ००१ च ६७८८ ले भारतीय नम्बर प्लेटको मोटरसाइकल बीआर ३० एजे ३५२७ लाई ठक्कर दिँदा भारत बिहारका २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार रौतहट गौर नगरपालिका-१ का २२ वर्षीय राजन दासको बीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि फरार भएको भ्यान र चालकलाई प्रहरीले पक्राउ गरेको छ। चालक पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ निवासी २२ वर्षीय दिलिप माझी रहेको र उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *