वीरगन्ज :

बारामा गाेली प्रहार गरि क्याम्पस प्रमुख कुशवाहाकाे हत्या

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1133 Shares

कलैया । बारामा अज्ञात समुहकाे गाेली प्रहारबाट एक जनाकाे ज्यान गएकाे छ । आदर्शकोतवाल गाउँपालिका वडा नं. २ निवासी ४५ बर्षिय हरिभुषण कुशवाहाकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पस कलैयाका प्रमुख समेत रहेका कुशवाहामाथि शुक्रबार सांझ अज्ञात समुहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

गाेली लागेर गम्भिर घाइते भएका कुशवाहाकाे वीरगंजस्थित नेपाल मेडिसिटी बयाेधा अस्पताल उपचारकाे लागि लगिएकाे थियाे । ढाड र पिठयुमा गोली लागि गम्भिर घाइते कुशवाहाको उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

क्याम्पस प्रमुख कुशवाहको थप उपचारकाे लागि काठमाडाैं लग्ने तयारी गरिएकाे थियाे । घटनामा संलग्न रहेकाे अशंकामा प्रहरी एक जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे । शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे बारा प्रहरीका प्रवक्ता डिएसपी न्याैपानेले वताए ।

यस अघि पनि बारामा अज्ञात समुहकाे गाेली प्रहारबाट एक जना प्रिन्सपलकाे मृत्यु भएकाे थियाे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *