बीरगन्ज, २५ फागुन । बाराको मोटीसरस्थित बोलबम फिड उद्योग नजिक ई–रिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा चार जनाबढी घाइते भएका छन् ।
घाइतेहरूको पहिचान खुल्न बाँकी भए पनि उनीहरूलाई उपचारका लागि नजिकको अस्पतालमा पठाइएको बारा प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । स्थानीयवासीले उक्त क्षेत्रमा सवारी दुर्घटना बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया