वीरगन्ज :

बारामा आफै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.6kViews
1803 Shares

वीरगंज । बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ दुधौरा खोला पुलस्थित शुक्रबार राति माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।

कलैया उप-महानगरपालिका वडा नं. १३ बलिरामपुर निवासी २२ बर्षिय कुन्दन मेहता खत्री र कलैया उप-महानगरपालिका कै वडा नं. १२ सितलपुर निवासी २२ बर्षिय अभिमनु कुशवाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कलैयाबाट वीरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरकाे मोटरसाइकल आफै अनियन्त्रित भई सोही पुलको बाँया साईडको पिलरमा ठोकी मोटरसाइकलमा सवार दुबै जना गम्भिर घाईते भएका थिए ।

उपचारकाे क्रममा घाइते खत्रीकाे शुक्रबार राति नै १२:४० बजे एलएस न्युराे अस्पताल र घाइते कुशवाहाकाे नेशनल मेडिकल कलेजमा ०१:५० बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

मृतक मध्येका खत्री कलैया उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष राजेश मेहता खत्रीका छाेरा हुन् । अर्का मृतक कलैया उप-महानगरपालिका वडा नं. १२ सितलपुर निवासी बिनोद प्रसाद कुशवाहाका छोरा हुन् । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *