
श्रेणी : अपराध
1.9kViews
1897
Shares
बारा,१६ चैत । बारा जिल्लाको पथलैयास्थित राजस्व अनुसन्धान इकाई कार्यालयका सशस्त्र प्रहरीले शुक्रबार ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका–१ मा जाँचका क्रममा ८ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ परेका छन्।
बागमती प्रदेश नम्बर ०२९ च ५४१४ नम्बरको कार रोकी तलाशी लिँदा लुकाइछिपाइ भारततर्फ लैजान लागेको अफिम फेला परेको हो। प्रहरीले मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१२ निवासी ४४ वर्षीय मिलन भोलान र ४७ वर्षीय गोपालप्रसाद गौतमलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया