वीरगन्ज :

बाराबाट लागूऔषध इन्जेक्सनसहित १ जना पक्राउ

श्रेणी : मधेस

4 months
Pradeep Sah
1.6kViews
1405 Shares

वीरगन्ज,१४ पुस । बाराबाट प्रहरीले ठूलाे मात्रामा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक अगाडीबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट कटहरिया न.पा.७ बस्ने अं.वर्ष २१ की मुस्कान कुमारी दास रहेकी छन् ।

प्रहरी चोकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१–००६ ख ५१५९ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लगिरहेको लागू औषधसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरी उनको साथबाट नोरफिन–१२०० पिस इन्जेक्सन, ड्राइजोपाम–१२०० पिस इन्जेक्सन,फेनारगल–१२०० पिस इन्जेक्सन गरी जम्मा ३ हजार ६०० पीस लागु औषध इन्जेक्सन बरामद भएको बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।

पक्राउ परेकामाथि लागू औषध सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *