![](https://birgunjreport.com/wp-content/uploads/2025/02/2.webp)
श्रेणी : अपराध
वीरगन्ज, २३ माघ । बारा प्रहरीले लागूऔषध गाँज सहित दुई महिला र एक पुरुषलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा बारा जिल्ला प्रसौनी गाउँपालिका वाड नम्बर २ निवासी अन्दाजी ५५ वर्षीया ग्म्भा देवभिि मुखिया,उनका छोरा ३८ वर्षीया जोगिन्द्र मुखिया, बाराकै बिन्दाबासीनी गाउँपालिका वाड नम्बर २ निवासी अन्दाजी ६० वर्षीया ममता देवी मुखिया रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बागबाट प्रहरी निरिक्षक भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले प्रसौनी –२ स्थित बजार क्षेत्रबाट भलुवही तर्फ पैदल जाँदै गरेको उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु गम्भादेवीको साथबाट अ. ३ किलो १४१ ग्राम, उनको छोरा जोगेन्द्रको साथबाट अ. २ किलो ६४० ग्राम र ममता देवीको साथबाट अ. २ किलो ६५९ ग्राम र ७९८ ग्राम झोलाबट गरी जम्मा ९ किलो २०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको बारा प्रहरी प्रवक्त्ता प्रकास सापकोटाले एनपीडिलाई जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया