वीरगन्ज :

बारागढीकाे प्रमुख प्रशासकीय अधिकृतमा चाैधरी

श्रेणी : मधेस

9 months
Pradeep Sah
2.5kViews
1813 Shares

कलैया (बारा), १४ साउन । बाराकाे बारागढी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा सरोज कुमार चौधरी साेमबार हाजिर भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाराकाे प्रमुख निर्वाचन अधिकारीमा कार्यरत चाैधरीकाे बारागढीमा सरुवा भएपछि उनी हाजिर भएका हुन् । हाजिर हुन पुगेका अधिकृत चौधरीलाई गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल सहितका जनप्रतिनिधि तथा कर्मचारीहरु स्वागत गरेका थिए ।

साे अवसरमा वाेल्दै अधिकृत चाैधरीले आफूले नियम र कानुनले दिएको अधिकार अनुसार जनप्रतिनिधिकाे समन्वयमा काम गर्ने वताए । उनले मधेश प्रदेश कै नमुना पालिका बनाउने उद्दश्ये अनुसार काम गर्ने वताए । क्रमचारी सरुवा र बढुवा सधैं चलिरहने प्रक्रिया भएकाे वताउँदै यो भन्दा पहिला गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत सुनिल केशरीले गरेकाे काम र याेग्यदान सधैं सम्झिरहने गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाले वताए ।

कार्यक्रमकाे सहजिकरण गाउँपालिका लेखा प्रमुख अजय चौधरीले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *