
श्रेणी : BANNER
3.0kViews
1977
Shares
बारा,२८ साउन । बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवामा एक १५ वर्षीया किशोरी आफ्नै गोठघरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार मृतक रामानन्द महतो नुनियाकी छोरी नन्दनी कुमारी महतो हुन्।
घटना गएराति करिब ८ बजे भएको बताइएको छ। स्थानीयले नन्दनीलाई झुण्डिएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको जानकारी दिएको छ।
प्रहरीका अनुसार, घटना हत्या हो वा आत्महत्या भन्नेबारे पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र निश्चित हुनेछ। प्रारम्भिक अनुसन्धानमा कुनै स्पष्ट कारण खुलेको छैन।


प्रतिक्रिया