वीरगन्ज :

बाराको निजगढमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

श्रेणी : मधेस

2 hours
Pradeep Sah
3.0kViews
1871 Shares

वीरगन्ज,१८ चैत । बाराको निजगढमा पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। ढुंगानालाई एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको एउटा मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल निजगढ नगरपालिका–९ पश्चिम लच्कामा ठोक्किएका थिए। दुर्घटनापछि प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *