वीरगन्ज :

बाराको अमलेखगञ्जबाट ८ हजार लिटर चोरीको तेल नियन्त्रणमा

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
2.8kViews
1415 Shares

बारा,२३ असार । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२, अमलेखगञ्जमा प्रहरीले ठूलो परिमाणमा चोरी गरिएको तेल नियन्त्रणमा लिएको छ। पेट्रोल, डिजेल, मट्टीतेल र पाम आयलसहित करिब ८ हजार लिटर तेल बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय सिमराको टोलीले अमलेखगञ्जस्थित हलेसी पेट्रोल पम्प नजिकको गाडी धुने ग्यारेजमा छापा मारेर चोरी भइरहेको अवस्थामा मिनी ट्रकलाई नियन्त्रणमा लिएको हो। ट्रक चालक बारा फत्तेपुरका सुवास चौधरी पनि घटनास्थलबाट पक्राउ परेका छन्।

पक्राउ परेका मिनी ट्रकमा ५,७९५ लिटर पाम आयल, १,००० लिटर पेट्रोल, ६०० लिटर डिजेल र ६०० लिटर मट्टीतेल रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेदप्रकाश जोशीका अनुसार ग्यारेज सञ्चालक सुरेन आलेको स्थानमा ट्यांकरबाट तेल चोरी भई बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो।छापा मार्ने क्रममा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी पनि टोलीसँगै घटनास्थल पुगेका थिए।

ग्यारेज सञ्चालक सुरेन आले भने घटनापछि फरार छन्। प्रहरीले उनीहरूको खोजी गर्दै घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो ग्यारेजबाट यसअघि पनि पटक–पटक चोरीको तेल बरामद भइसकेको प्रहरीको भनाइ छ। तर ग्यारेज सञ्चालक र संलग्न व्यक्तिहरू अहिलेसम्म कानुनी कारबाहीको दायरामा आउन सकेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *