वीरगन्ज :

बाराका एसपी सिंह हेडक्वार्टर तानिए

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.9kViews
1830 Shares

बारा,११ पुस । सशस्त्र प्रहरी बलको मुख्यालयले बारा १२ नम्बर गणका एसपी सन्तोष बहादुर सिंहलाई छानबिनका लागि हेडक्वार्टर तानेको छ। राजस्व संकलनमा कमी र सीमावर्ती क्षेत्रमा तस्करी बढेको उजुरीका आधारमा मुख्यालयले यो कदम चालेको हो।

सशस्त्र प्रहरी प्रवक्ता नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार, बारा मात्र नभई धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, र बाँकेका एसपी बिमल डाँगीलाई पनि छानबिनका लागि मुख्यालय बोलाइएको छ।

यसअघि बाराको मटिअर्वास्थित सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपी विदुर भट्टराईलाई पनि तस्करीको उजुरीका कारण हेडक्वार्टर तानिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

मुख्यालयका अनुसार तस्करी नियन्त्रणमा कमजोरी, राजस्व संकलनमा गिरावट, र उजुरीहरूको छानबिनका लागि यो कदम चालिएको हो। मुख्यालयले सीमावर्ती जिल्लाहरूमा सुरक्षा र राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउन ध्यान दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *