
श्रेणी : BANNER
10Views
0
Shares
बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।
पाण्डेले ३१ हजार ७८६ मत ल्याएका छन् भने थापाले २६ हजार ३४९ मत प्राप्त गरेका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया