
श्रेणी : BANNER
28Views
0
Shares
बाजुरा । बाजुरामा एउटा मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाका मृत्यु भएको छ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।
गोली लागेर सोही ठाउँका संजिव ऐडीको मृत्यु भएको वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरेका छन् । उनले भने, ‘संजिव बितिसक्यो, अरु स्थानीयहरु घाइते छन्। यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ ।’
उनकाअनुसार गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन । घाइतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।


प्रतिक्रिया