वीरगन्ज :

बागलुङमा जिप दुर्घटना, मृत्यु हुनेको संख्या ४ पुग्यो

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
1.7kViews
1741 Shares

बागलुङ,३१ जेठ । बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। लु प्र ०१–००१ च १७७५ नम्बरको जिप करिब ६० मिटर तल खस्दा गम्भीर दुर्घटना भएको हो।

बुर्तिबाङबाट चौरतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ ५ः४५ बजे दुर्घटनामा परेको थियो। दुर्घटनास्थलमै ढोरपाटन–२ की ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए। गम्भीर घाइते भएकी २१ वर्षीया टीकाकुमारी कुँवरको पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो भने ७५ वर्षीया मनकुमारी थापाले पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ज्यान गुमाइन्।

दुर्घटनामा अन्य १३ जना यात्रु घाइते भएका छन्, जसमा बालबालिका, युवती तथा वृद्धसमेत रहेका छन्। घाइतेहरूमध्ये केहीको उपचार मणिपाल अस्पताल, पोखरामा, भने केहीको मिसन अस्पताल, पाल्पामा भइरहेको छ। जिप चालक २७ वर्षीय गोविन्द थापा सहित १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ३५ वर्षीया डल्ली विक, ११ वर्षीय शिशिर कार्की र ३० वर्षीया टनमाया कुँवर घाइते छन्।

प्रहरीका अनुसार दुर्घटनाको कारण तत्काल प्रष्ट नभए पनि तीव्र गतिमा जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट खसिएको हुनसक्ने अनुमान गरिएको छ। विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *