वीरगन्ज :

बागमती प्रदेश लिग फुटबल हेटौँडामा हुने

श्रेणी : खेलकुद

7 months
Pradeep Sah
1.9kViews
1660 Shares

हेटौँडा, पुस २ । हेटौँडा उपमहानगरपालिका–५, पिप्ले रङ्गशालामा यही पुस १० गतेबाट दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक बागमती प्रदेश फुटबल सङ्घले मङ्गलबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत प्रदेश लिग फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरूले सहभागिता जनाउने बागमती प्रदेश फुटबल सङ्घका महासचिव लवराज ठकुरीले जानकारी दिनुभयो । लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुई वटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने सङ्घका कार्यवाहक अध्यक्ष राजीव बस्नेतले बताए ।

लिगमा यो वर्ष मकवानपुरबाट पदम पोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी यूथ समाज धादिङ, बट्टर यूथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौँ, थिमी यूथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरू सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले ट्राई सिट सार्वजनिक गर्नुभएको थियो । प्रतियोगिताका विजेता टिमले दुई लाख र उपविजेताले एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गत वर्षको पहिलो संकरणको विजेता जिल्ला धादिङ रहेको थियो । प्रतियोगिता सञ्चालन गर्न ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *