वीरगन्ज :

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट

श्रेणी : अर्थ

2 years
birgunj report
173Views
0 Shares

हेटौंडा । बागमती प्रदेश सरकारले शुक्रबार बजेट ल्याएको छ । शुक्रबार अपराह्न बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट सार्वजनिक गरेको हो ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका हुन् । मन्त्री लामाले प्रदेश सरकारको तर्फबाट आगामी आवको लागि कुल ६२ अर्ब ७०  करोड रुपैयाँको बजेट सार्वजनिक गरे ।

जसमध्ये चालु खर्च तर्फमा २६ अर्ब ६४ करोड र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको विकास, ‘एक घर, एक धारा’ प्रदेशको विभिन्न जिल्लाको विद्यालयमा प्लस टु गर्ने विद्यार्थीहरुलाई एक स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

https://drive.google.com/file/d/1uy42vin_6Tllp5hMcOsFdYwq9UtaGUsJ/preview

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *