वीरगन्ज :

बागमती नहरमा बेपत्ता भारतीय नागरिकको शव फेला

श्रेणी : अन्तर्वार्ता

24 hours
Pradeep Sah
2.2kViews
1064 Shares

रौतहट, २० साउन । रौतहटको गुजरा नगरपालिका–७ पल्टुवास्थित पूर्व–पश्चिम बागमती नहरमा बेपत्ता भारतीय नागरिकको शव फेला परेको छ। सशस्त्र प्रहरी बलले साउन १७ गतेदेखि बेपत्ता भएका भारतका ३० वर्षीय रोहितकुमार सिंहको शव आइतबार राति फेला पारेको पुष्टि गरेको छ।

बिहार राज्यको खगडिया जिल्लास्थित पछौरा–२ घर भएका सिंह चन्द्रपुर–१ नुनथरमा रहेको बागमती नदीमा मादक पदार्थ सेवनपछि नुहाउन गएका थिए। नुहाउने क्रममा अचानक पानीको बहावले बगाउँदै लगेपछि उनी बेपत्ता भएका थिए।

शव फेला परेपछि मृतकका भाइ शत्रुहन कुमारले शव बुझेर भारत लगेको सशस्त्र प्रहरी बल रौतहटका एसपी सन्तोषकुमार बस्नेतले जानकारी दिए।

यसैगरी, केही दिनअघि साउन १० गते भारतको सीतामढी जिल्लाका ४५ वर्षीय रामविर महतो नुनथरस्थित बागमती नदीको डिलबाट हाम फाल्न खोज्दा सशस्त्र प्रहरीले उनलाई जीवितै उद्धार गरेको थियो।

शनिबार साँझ भने वृन्दावन नगरपालिका–१ रामनगरस्थित नहरमा अर्को शव फेला परेको छ। चन्द्रपुर–९ चेतनगर विर्ताका सरोज साहकी २५ वर्षीया श्रीमती रुमा देवी नहरमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

लगातार वर्षा र नदी-नहरमा बढ्दो जलस्तरका कारण यस्तो घटनामा वृद्धि देखिएको छ। सुरक्षा निकायले नदी किनारमा सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *