वीरगन्ज :

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट दुई मन्त्री थपिए

श्रेणी : BANNER

2 years
birgunj report
76Views
0 Shares

बागमती । बागमती प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुले आइतबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाएका हुन् । राप्रपा र एमालेले छोडेका ७ मन्त्रालयमा आज २ मन्त्रालयको पदपूर्ति गरिएको र बाँकी ५ मन्त्रालयको पनि छिट्टै पदपूर्ति हुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए ।

११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले ५, मुख्यमन्त्रीसहित माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने भएका छन् । कांग्रेसले यसअघि ६ वटा मन्त्रालयमा अडान नछाडेकै कारण सरकार विस्तार हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *