वीरगन्ज :

बाइडेनलाई धम्की दिने व्यक्तिको हत्या

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
10Views
0 Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सामाजिक सञ्जालमार्फत धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेनको उटाह राज्यको भ्रमण हुनु केही घण्टाअघि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नाम गरेका ती व्यक्तिलाई उटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

ती व्यक्तिलाई गिरफ्तार गर्ने क्रममा गोली चलाइएको भनिए पनि यसबारे थप विवरणहरू सार्वजनिक नभएको बीबीसीले जनाएको छ । रोबर्टसनले राष्ट्रपति बाइडेनलाई लगातार धम्की दिइरहेका आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *